Boudhanath Stupa Kathmandu

bouddhanath, kathmandu, nepal, बौद्धनाथ स्तुपाः बौद्धधर्मावलम्वीहरुले यो बुद्धलाई महायानी बुद्ध पनि भन्ने गरेको छ । यो बुद्ध भगवान गौतम बुद्धको मुहारसंग मेल खाँदैन । कुनै समयमा नारानहिटी बनाउंदा धारावाट पानी आउन सकेन राजालाई सपनामा ३२ लक्षयणले युक्त मानवको वली दिएमा धारावावाट पानी आउछ भनेकाले त्यहाँका तत्कालीन राजा विक्रमादित्यले आफ्नो छोरालाई राजाको सिर छेदन गराउछ र सो सिर साँखुको वज्रयोगीनीमाईको चरणकमलमा पुग्छ र त्यहाँवाट राजकुमारलाई आकाशवाणी भै मेरा सिर(राजाको सिर) जहाँ छ, त्यहाँवाट एउटा कुखुरा उडाई दिने र त्यो कुखुरा जहाँ बस्छ, यहाँ एउटा बुद्धको स्तुपा(चिवाद्ये ः) बनाउनु त्यसपछि राजकुमारको पितृहत्याको दोषवाट मुक्त हुन्छ भनेकोले यो स्तुपा बनाईएको भन्ने कठन छ । त्यसैले यो स्तुपाको नाम स्थानीय नेवार जातीले खास्ती (खास्तीः भन्नाले कुखुरा रहेको ठाउं) भन्ने पनि गरिन्छ । यो स्तुपा बनाउदा १२ वर्षसम्म वर्षा नभई अनिकाल परेको वेलामा आकाशको सितबाट पानी बनाई यो स्तुपा निर्माण गरिएको भन्दै आएको छ । यो राजा विक्रमादित्यको नामवाट विक्रम सम्वतको स्थापना भएको भन्ने पनि कतै कतै सुन्नमा आएको छ ।