Nepal Embassy Paris, Nepal Promotion Night 19 October 2012 Thionville, France

Nepal Promotion Night 19 October 2012 , Thionville , France , Organized by the Embassy of Nepal Paris , Lorrain Nepal & Mairie of Thionville .फ्रान्सको राजधानी पेरिसबाट करिब ३२० किमी उत्तरपूर्वमा अवस्थित ऐतिहासिक थियोभिल शहरमा १९ अक्टोबर २०१२ शुक्रबार सांझ पेरिस स्थित नेपाली दूतावास, थियोभिल मेरी तथा लोरांन् नेपालको संयुक्त आयोजनामा एक नेपाल प्रवर्द्धन कार्यक्रम सम्पन्न गरियो ।उक्त अवसरमा थियोभिलका मेयर Mr. Bertrand Mertz लगायत उपमेयर तथा अन्य अधिकारीहरु, थियोन्भिल प्रीफेक्चारका उप प्रशासक Mr. Francois Marzorariti लगायत सो शहरका व्यापारिक समुदाय, ट्राभल एजेन्टहरु तथा अन्य विभिन्न क्षेत्रका गण्यमान्य व्यक्तिहरु गरी करिब २०० जना पाहुनाहरुको उपस्थिति रहेको थियो ।सो कार्यक्रमको मेयर Mr. Mertz भचतश तथा राजदुत श्रेष्ठले संयुक्त रुपमा पानसमा बत्ती बाली उद्घाटन गर्नु भएको थियो । फ्रान्स तथा नेपाल बीच रहिआएको सुमधुर सम्बन्धका बारेमा चर्चा गर्नुहुंदै राजदूत श्रेष्ठले हाम्रो दुई देश तथा जनता बीच रहिआएको सम्बन्धलाई थप उचाईमा पुर्याउन सबैले आआफ्नो क्षेत्रबाट सक्दो योगदान दिन आवश्यक छ भनि बताउनु भएको थियो । नेपालमा प्रचुर प्राकृतिक श्रोत साधनहरु भएको र वैदेशिक लगानीको लागि एक अत्युत्तम मुलुक भएकोले पर्यटन तथा व्यापार दुबैको लागि नेपालको भ्रमणमा जानु भई रमाउनुहोस् भनि पाहुनाहरुमा आग्रह पनि गर्नु भयो । श्रीमति स्मीता मानन्धरले कार्यक्रम सञ्चालनगर्नु भएको थियो भने सुश्री एलिशा गुरुङ , बिमल बसेल तथा बाबु थापाले आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए । राजदूतावासले लक्जम्वर्गस्थित स्वागत रेष्टुंराका मालिक बालकृष्णको सहयोगमा नेपाली खानाहरु तयार पारिएको थियो !